धनुबासका किसानलाई बाख्रापालन तालिम दिईयाे


सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्वर १ धनुवासमा व्यावसायीक बाख्रापालन तालिम संचालन गरिएको छ ।
भेरीगंगा जेसीज बर्ष २०२१ ले “समुदायमा जेसीज २०२१“ अन्तर्गत पाँचौ कार्यक्रमका रुपमा धनुवनसका किसानहरुलाई व्यावसायिक बाख्रापालन तालिम गरेको हो । तालिक पाए पछी किसानहरु खुशी भएका छन् । तिन दिन सम्म संचालन भएको तालिममा ४५ जना भन्दा बढी किसानहरुको सहभागिता रहेको भेरीगंगा जेसीज बर्ष २०२१ का महासचिव जेसी नवराज कार्कीले जानकारी दिनुभयो ।
जेसिज नमुना गाउँ प्रर्वद्धन समितिका अध्यक्ष मानबहादुर बुढा, जेसी भुपेन्द्र शाही भेरिगंगा जेसिज बर्ष २०२१ का महासचिव जेसि नबराज कार्की, भेरिगंगा नगरपालिका कृषि तथा पशुपक्षी विकाश शाखा प्रमुख भोजप्रसाद चपाई लगाएतको उपस्थीती रहेको थियो ।


तपाईको प्रतिक्रिया