लेकवेशीमा नेपाली कंग्रेसको वडा अधिवेशन सम्पन्न, १० नं. वडामा समानान्तर कमिटी


सुर्खेत । लेकवेशीमा नेपाली कंग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । नगर सभापती उमेश कुमार पौडेलका अनुसार वडा नम्वर १ मा वडा सभापती हरीमान घले, वडा नम्वर २ मा चन्द्र बहादुर बुढा, वडा नम्वर ३ मा थिर बहादुर सुवेदी, वडा नम्वर ४ मा खगेन्द्र बहादुर रुचाल, वडा नम्वर ५ मा होम बहादुर चपाँई, वडा नम्वर ६ मा बिमा सोती बाँकाबल, वडा नम्वर ७ मा भिम बहादुर दर्लामी, वडा नम्वर ८ मा दुर्ग बहादुर टंलामी, वडा नम्वर ९ मा मान बहादुर सोमै र वडा नम्वर १० मा पर्शुराम भण्डारी वडा सभापतीमा निर्वाचित भएका छन् । यस्तै वडा नम्वर १० मा भने थानी पक्षले भिम बहादुर खड्काको अध्यक्षतामा २७ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ । क्रियाशिल सदस्यता वितरणमा खड्का पक्षले एकलौटी गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको हो । आगामी पाँच वर्ष सम्म भिम बहादुर खड्काको समुहलाईनै बैधता दिने र खड्का पक्षले गरेका कुनै पनी कार्यक्रममा सहभागी नहुने नेपाली कांग्रेसका नेता कमल प्रशाद आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया