जुम्लाकाे ताताेपानीहुँदै सिञ्जा जाेड्ने१५ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँको तातोपानी गाउँपालिका हुँदै सिञ्जा गाउँपालिका जोड्ने थारमारे –दिलौरी जाेड्ने १५ किलो मिटर सडक निर्माण सम्पन्न गरिएको छ । सडक निर्माण भएपछि गाउँगाउँमा एम्बुलेन्स, सवारीसाधन तथा मालवाहक गाडी सहजै पुग्ने भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

तातोपानी गाउँपालिका र प्रदेश निर्वाचन क्षेत्र विकास कोषको सहयोगमा सो सडक निर्माण गरिएको हो । एक कराेड ४५ लाख रुपियाँको लागतमा उक्त सडक निर्माण भएको वडाध्यक्ष हरिबहादुर डाँगीले जानकारी दिए । उनकाअनुसार अब चारसय मिटर सडक खन्न बाँकी रहेको र यो बाँकी सडकखण्ड खनिएमा सिञ्जा गाउँपालिका र दिलौरीकाँध जोडिने छ ।

निर्माणपछि प्रदेश सांसद तथा पूर्व मन्त्री नरेश भण्डारी, गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने, तातोपानी–५ का वडाध्यक्ष हरिबहादुर डाँगी र स्थानीय बासिन्दाले सो सडकको अनुगमन गरेका छन् । अनुगमनका क्रममा सांसद एवम् पूर्व मन्त्री भण्डारीले उपभोक्ताले गरेको काममा अहिलेसम्म सबैभन्दा बढी र राम्रो काम भएकोमा उपभोक्ता समितिको प्रशंसा गरे ।तातोपानी गाउँपालिका अध्यक्ष न्यौपानले सरकारको लगानी पूर्ण रूपमा उपयोग भएको बताए । उनले गाउँपालिकाले लगानी गरेकाे सडकमा ४५ लाख रुपियाँ कोषबाट सांसद भण्डारीले सहयोग गरेकाेमा धन्यवाद व्यक्त गरे ।

तातोपानीमा सडक सञ्जाल लेकलेकमा समेत पुगेकाले कृषि उत्पादनको बजारीकरण गर्न सहयोग पुगेको उनको भनाइ छ । स्थानीय बासिन्दाले गाउँमा सडक पुगेपछि सिञ्जा–६ का बिरामी बोकेर दिलौरीसम्म ल्याउने र यहाँबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम्बुलेन्समार्फत पु¥याउने गरिएको बताएका छन्