अटो दुर्घटनामा एकको मृत्यु, दुई घाइते


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल नजिक कर्णाली राजमार्गमा आज अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुई जना घाइते भएका छन्। वीरेन्द्रनगरबाट गिरिघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको अटो अनियन्त्रित भई सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१ का ४४ वर्षीया जमरा शाही छन्। घाइतेलाई प्रहरी चौकी बाङेसिमलबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि कर्णाली केयर अस्पताल सुर्खेतमा पुर्‍‍याइएको थियो।

शाहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ। घाइते हुनेहरूमा वीरेन्द्रनगरका ५३ वर्षका लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही छन्।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले अटो चालक वीरेन्द्रनगर–१ का २४ वर्षीय अटो चालक रमेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया