
लेकवेशी । नेकपा एकिकृत समाजवादी लेकवेशी नगर कमिटीको पार्टी कार्यालय उद्घाटन गरिएको छ । विहिवार नगरपालिकाको वडा नम्वर ७ लवनामा पार्टी कार्यालयको उद्घाटन गरिएको हो । नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडुवालका अनुसार पार्टी कार्यालय उद्घाटन संगै मिना वलीको अध्यक्षतामा ५१ सदस्यीय अखिल नेपाल महिला संघ ( समाजवादी ) समेत गठन गरिएको छ । जनताका कामहरुलाई सहजीकरण गर्ने, वडा तहहरुमा वडा कमिटी गठन सम्पन्न गर्ने, पार्टी सदस्यता वितरणलाई तिब्रता दिने योजना बनाईएको अध्यक्ष बडुवालले जानकारी दिनुभयो । नेकपा एस नगरकमिटीका अध्यक्ष गोविन्द शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि यज्ञवहादुर रेग्मी, विशेष अतिथि नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटि सुर्खेतका अध्यक्ष मोहन वढुवाल, अतिथिहरु जिल्ला कमिटि सचिव शिवप्रसाद उपाध्याय, प्रदेश सदस्य माधव ढकाल, धना जिसी र जिल्ला कमिटि सदस्य देउकली थापा, राम वहादुर सलामी, मुक्ति प्रसाद तिवारी, पूणर् विसी, रमेश सुनार लगाएत करिव २०० जनाको उपस्थीती रहेको थियो ।


दर्शन खबर । २६ कार्तिक २०७८, शुक्रबार