दशै, तिहारमा मात्रै कर्णालीमा सवारी दुर्घटनामा परी ६० जनाको मृत्यु

सुर्खेत । दशै तिहारको समयमा मात्र कर्णाली प्रदेशमा सवारी दुर्घटनामा परी ६० जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विभिन्न ठाउँमा भएका दुर्घटनामा परि ६० जनाको मृत्यु भएको हो । यही अवधीमा दुर्घटनामा १ सय २८ जना घाइते भएका छन् । कालिकोट, डोल्पा, र हुम्ला बाहेकका सबै जिल्लामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि सबैभन्दा धेरै मुगुमा मात्रै ३३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । यस्तै सुर्खेतमा ७, सल्यान १३, जाजरकोट ५, दैलेख ÷रुकुम पश्चिममा र जुम्ला एक÷एक जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसपी माधव प्रसाद श्रेष्ठले बताउनुभएको छ । अधिकांस दुर्घटनाको कारण मदिरा सेवन र क्षमताभन्दा धेरै यात्रु राख्नु रहेको प्रहरीको भनाई छ । यसैबिच, दशैंतिहारकै अवधीमा प्रदेशमा ५४ वटा अपराधिक घटना भएका छन् । यो एक महिनाको अवधिमा विभिन्न ५४ वटा अपराधिक घटना प्रहरीमा दर्ता भएका हुन ।

कर्णालीमा सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर सम्बन्धिका ८ वटा, कर्तव्य ज्यान सम्बन्धिका ५, ज्यान मार्ने उद्योेग सम्बन्धिका २, भवितव्य ज्यान सम्बन्धिका ७ वटा, झूण्डिएर ८, साधारण चोरी जूवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धिका २÷२ वटा घटना प्रहरीमा दर्ता भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम एसपी माधप श्रेष्ठका अनूसार ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर र हातहतियार खरखजना सम्बन्धिका १÷१ वटा, बहु विवाह ४, जवरजस्ती करणी २, जवरजस्ती करणी उद्योगका र यौन दर्व्यवहारका १÷१, सवारी ज्यान सम्बन्धिका ८ वटागरी ५४ वटा घटना प्रहरीमा दर्ता भएका हुन् । जागरण 

 


तपाईको प्रतिक्रिया