
सुर्खेत । कर्णालीका नयाँ मुख्यमन्त्री जिवन बहादुर शाहीको आजै शपथ हुएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजो सोमबार राजीनामा दिएका थिए । मुख्यमन्त्री पदको लागि दाबी पेश गरेका जीवनबहादुर शाहीको सपथ ग्रहण मंगलबार राति ८.३० बजे हुने प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी समक्ष काँग्रेस नेता शाहीले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । मुख्यमन्त्रीमा शाहीलाई माओवादी केन्द्रसहित नेकपा (एकिकृत समाजबादी ) पार्टीको समर्थन रहेको छ । दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र समाजबादीका ३ जना गरी २१ जनाको हस्ताक्षर छ ।


दर्शन खबर । १६ कार्तिक २०७८, मंगलवार