
सुर्खेत । अनेरास्ववियुका नेता तथा शिक्षाप्रेमी युवा प्रभात पोख्रेलले विनपा ५ स्थित सरस्वोति टोल मा करिब ८० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेका छन् ।
विद्यार्थीका लागि अनेरास्वबियु भन्ने मुल नारा का साथ पोख्रलले सरस्वोति टोलका करिब ८० जना बिधार्थिलाई कपि कलम बितरण गरेका हुन् ।
अनेरास्वबियु केन्द्रिय सचिवालय सदस्य समेत रहेका पोख्रेले आफ्नो ब्यक्तीगत लगानीमा विद्यार्र्थीलाई शैक्षिक सामाग्री बितरण गरेका हुन् । आफ्नो यो सहयोगले आगामी दिनमा विद्यार्थी भाईबहिनिहरुलाई पढाईमा हौसला मील्ने बताए । सामाग्री बितरण कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गरिदिने सबै प्रति उनले हार्दिक धन्यवाद समेत ब्यक्त गरे ।


दर्शन खबर । १३ कार्तिक २०७८, शनिबार