६ करोड ८३ लाखमा बन्यो अत्याधुनिक सिटी बसपार्क

सुर्खेत । तिन वर्ष पश्चात सुर्खेतमा अत्याधुनिक सिटी बसपार्क निर्माण कार्यले पुर्णता पाएको छ ।
कुल ६ करोड ८३ लाख लागतमा निर्माण भएको अत्याधुनिक बसपार्कमा ६४ वटा व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, गार्ड बस्ने घर, टर्मिनल भवन, टिकट काउन्टर लगायतका संरचना रहेका छन् ।
करिब ४ हजार ५ सय वर्ग्मिटर क्षेत्रफल रहेको बसपार्कमा साना–ठूला गरी १ सय २० वटा बस अट्न सक्ने क्षमता रहेको छ ।
चाङ्मिला÷नरसिंहजेभी दार्चुलाले केही दिनभित्रै नगरपालिकालाई आयोजना हस्तान्तरणको तयारी गरेको छ ।
पटक पटकको चेतावनी पश्चात बसपार्क निर्माण सम्पन्न भएको नगर प्रमुख देवकुमार सुवेदीले बताए ।
मंगलगढी चोकलाई विस्तार र व्यवस्थित गरिने उनले बताए ।
निर्माण कम्पनी चाङ्मिला÷नरसिंह जेभी र नगर विकास समितिवीच ०७२ माघमा सम्झौता भएको थियो ।
१५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएपनि निर्माण कम्पनीले तिन वर्ष लगाएर सिटी बसपार्क पुरा गरेको हो ।
नगर विकास कोषबाट ऋण सहयोगमा बसपार्क निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया