डोल्पाको जगदुल्ला गाँउपालीकाको केन्द्र सार्ने कर्णाली सरकारको निर्णय

कर्णाली प्रदेश प्रदेश सभाको चौंथो अधिवेशन अगामी जेठ १० गते आह्वान
सुर्खेत । कर्णाली सरकारले डोल्पाको जगदुल्ला गाँउपालीकाको केन्द्र तोक्ने निर्णय गरेको छ ।
साविक वडा नम्वर २ स्थित काँईगाँउबाट वडा नम्वर ५ स्थित माझ भन्ने स्थानमा तोक्ने सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिश गर्ने निर्णय गरिएको सोमबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता तथा भूमि तथा व्यवस्था मन्त्री विमला केसीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशले बैशाख २४ गते बसेको मन्त्रिपरिषद बैठकको नियर्णय सार्वजनिक गर्ने क्रममा कर्णाली प्रदेश सभाको चौंथो अधिवेशन अगामी जेठ १० गते दिउँसो ३ बजे बस्ने गरी आह्वान गर्नका लािग प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको जानकारी प्रवक्ता केसिले जानकारी दिनुभयो ।
साथै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको आम सञ्चार तथा सुचना प्रविधि बिद्येयक तर्जुका लागी सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णाय पनि कर्णाली प्रदेश सरकारले गरेको छ ।
मन्त्री केसीका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको रसायन तथा रसायानिक विषादी नियन्त्रण विद्येयक २०७६, पशु, वद्यशाला तथा मासु जाँच बिद्येयक २०७६, माटो तथा मल ब्यवस्थापन बिद्येयक २०७६ तर्जुमाको लागी सैद्धान्तिक स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा द्वन्दपीडित राहत तथा उपचार सम्बन्धी कार्य्विधी २०७५ र प्रदेश पर्यटन बोर्ड गठन आदेश २०७६ र कर्णाली पूर्वाधान विकास प्राधिकरण गठन, काम, कर्तव्य ,अधिकार सम्बन्धी ब्याबस्था गर्न बनेको विधेयकको थप छलफलका लागी प्रदेश मन्त्रिपरिषद प्रशासन तथा विधेयक समितीमा पठाउने निर्णय गरेको छ ।
साथै, कर्णाली प्रदेशका सबै जिल्लामा शान्ति सुरक्षा सम्बन्धी बिभिन्न कार्यक्रम संचालन गर्ने पनि यो मन्त्रिपरिषदबाट निर्णय भएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया