कर्णालीमा ३ महिनामा २ दशमलव २३ प्रतिशत मात्रै बजेट कार्यान्वयन


सुर्खेत । कर्णालीमा प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा पुँजीगत तर्फको २।२३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । अर्थिक वर्ष २०७८- ०७९ को जम्मा ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेटमध्ये प्रदेश सरकारले असोज मसान्तसम्म पुंजीगततर्फ २ दशमलव २३ प्रतिशत अर्थात् ४८ करोड ३१ लाख र चालु तर्फ ५ दशमलव ९७ प्रतिशत अर्थात ८८ करोड ८७ लाख रुपैयाँ खर्च गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा कुल बजेटको ३ दशमलव ७५ प्रतिशत अर्थात १ अर्ब ३७ करोड १८ लाख रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कणरली प्रदेशले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक बर्षको तीन महिना अर्थात असोज मसान्तसम्म प्रदेश व्यवस्थापिकाले विनियोजित रकमको १३ दशमलव ४९ प्रतिशत, प्रदेश लोकसेवा आयोगले ६ दशमलव ९९ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १५ दशमलव ४४ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ० दशमलव ६६ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले १६ दशमलव ०६ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जम्मा ० दशमलव ५ प्रतिशत बजेट खर्च गरेको छ । त्यसैगरी जलश्रोत तथा उर्जा विकास मन्त्रालयले ० दशमलव ५२ प्रतिशत, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३ दशमलव ९३ प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ० दशमलव ७४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले २ दशमलव ५८ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८दशमलव  २५ प्रतिशत र कणरली प्रदेश योजना आयोगले जम्मा ८ दशमलव २५ प्रतिशत बजेट खर्च गरेका छन् ।


तपाईको प्रतिक्रिया