वीरेन्द्रनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर २ जयपुरबाट बाट लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर-२ जयपुरका २३ वर्षीय बखत विक र २७ वर्षीय दिपेन्द्र रोकायलाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ । ब्राउन सुगरको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।
घर्तीका अनुसार पक्राउ परेको दुई जनामध्यबाट एक क्वाटर र घर खानतलासी गर्दा नाप तौल नगरिएको पाँच ग्राम बराबरको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको छ । दीपेन्द्रको साथबाट ब्राउन सुगर नभेटिए पनि दुव्र्यशनी हुनसक्ने भन्दै अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया