बाढीपीडित किसानलाई ५ अर्ब रुपैयाँ राहत दिने सरकारको निणर्य


काठमाडौं । बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निणर्य गरेको हो । १० कट्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको हिसाबमा राहत दिने सरकारले निणर्य गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साना किसानलाई प्रतिकठ्ठा एकहजार ९२१ रुपैयाँ र प्रतिविघा ३८ हजार ४२० रुपियाँ राहत दिने निणर्य भएको छ ।
११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको हिसाबले ३० प्रतिशत राहतको व्यवस्था गर्ने मन्त्रिपरिषद बैठकले निणर्य गरेको छ । ती किसानलाई प्रतिकठ्ठा ८८७ र प्रतिविघा १७ हजार ७४० रुपैयाँसम्म राहत स्वरुप नगद दिने निणर्य बैठकले गरेको हो ।
४० कठ्ठाभन्दा बढी जमिन हुने किसानलाई प्रतिकठ्ठा ५९१ रुपैयाँ तथा प्रतिविघा ११ हजार ८२० रुपैयाँका दरले राहत उपलव्ध गराउने निणर्य बैठकले गरेको छ । ठूला किसानका साथै सबै वर्गका किसानलाई भने उत्पादन लागतको २० प्रतिशतका दरले राहत उपलब्ध गराउने निणर्य भएको छ । कृषि मन्त्रालयकाअनुसार सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत दिने निणर्य गरिएको छ ।
सरकारले एक लाख ११ हजार हेक्टरका लागि पाँच अर्ब ५२ करोड रुपैयाँ राहत वितरण गर्ने भएको मन्त्रालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया