वीरेन्द्रनगरमा खानेपानी समस्या समाधानका गर्न, ओभरहेड टयांकी निर्माण


वीरेन्द्रनगर । सुर्खेत उपत्यकामा खानेपानी समस्या समाधानका लागी विकल्पको वीरेन्द्रनगर १० भानपुरमा रुपमा ओभरहेड टयांकी निर्माण गरिएको छ । करिब एकहजार घरपरिवारका लागि एकहजार लिटर क्षमताको टयांकी निर्माण गरिएको हो ।
नेपाल नाजरेत सोसाईटिद्धारा सञ्चालित नवज्योती केन्द्रले सुर्खेतले समन्वय तथा एई.आई. एन लक्जम्बगकोे आर्थिक सहयोगमा टयांकी निर्माण गरिएको हो ।
१ करोड ३८ लाख २० हजार ४ सय ९४ रुपैयाँ लागतमा पाँचवटा टोलका लागि खानेपानी विस्तार गर्न ओभरहेड टयांकी निर्माण गरिएको हो । खानेपानीको पाइपलाइन बिस्तारका लागि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले समन्वय गरेको छ ।
खानेपानी आयोजनाको जम्मा लागत मध्य सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले पाइपलाईन बिस्तारका लागि ४१ लाख ६० हजार ३ सय ४४, एई.आई. एन लक्जम्बर्गले टयांकी निर्माणका लागि ९१ लाख ६० हजार १ सय ५० रुपैयाँ खर्च गरेको नवज्योती केन्द्र सुर्खेतका निर्देशक सिस्टर रोसिटाले जानकारी दिईन् ।
उपभोक्ता समितीद्धारा निर्माण गरिएको उक्त ओभरहेड टयांकीको अनुगमनका लागि एई.आई. एन लक्जम्बर्गको टोली सोमबार वीरेन्द्रनगरमा आएको थियो ।

तपाईको प्रतिक्रिया