१ लाख राशीको प्रथम सिम्ता गोल्डकप हुदैँ


सुर्खेत । प्रथम सिम्ता गोल्डकप हुने भएको छ । “ स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद “ भन्ने नाराका साथ बादेपिपल युवा क्लबको आयोजना तथा सिम्ता खेलकुद बिकास समिती र वडा नं ६ राकमको समन्वयमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो ।
सिम्तामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिता, प्रथम सिम्ता गोल्डकप- २०७८ संचालन गर्न लागीएको आयोजक ले जानकारी दिएको छ ।
कार्तिक १२ गते देखी सुरु हुने प्रयोगिताको प्रथम पुरस्कार १ लाख, द्धतिय पुरस्कार ६५ हजार, तृतिय पुरस्कार ३५ हजार, उत्कृष्ट खेलाडी र गोलकिपर, उत्कृष्ट गोलकर्ता  पुरस्कार ५- ५ हजार रहेको आयोकज बादेपिपल युवा क्लबका सचिव गुलाब जंग ठकुरीले जानकारी दिए । प्रतियोगिताको टिमदर्ता कार्तिक ११ गते साँझ ५ बजे सम्म गरिने सचिब ठकुरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया