एमाले सुर्खेतको वडा अधिवेशन आज


सुर्खेत । नेकपा एमाले सुर्खेतले आज वडा अधिवेशन गर्ने भएको छ । आसन्न महाधिवेशनको तयारी स्वरुप नेकपा एमालेले आज सुर्खेतमा वडास्तरीय अधिवेशन गर्न लागेको हो। संघिय तर्फ चार निर्वाचन क्षेत्ररहेको सुर्खेतमा ९९ वटा वडाहरु रहेका छन् ।
एमाले जिल्ला कमिटी सुर्खेतले प्राविधिक कारण देखाउँदै अधिवेशन तीन दिन पछि सारेको थियाे । एमालेले सुर्खेतमा आज वडा अधिवेशन गर्दैछ । आज वडाहरुमा मात्रै अधिबेशन हुने एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए । त्यस्तै कात्तिक १५ गते पालिका अधिवेशन गर्ने तयारी भएको एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले बताए ।केही पालिकाहरुको अधिबेश भने आजै सकेने छ । जिल्लाका सबै वडाहरुमा सर्बसहमत अधिबेशन सम्पन्न गर्ने तयारी गरोएको छ ।
वडा अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजिकरण गर्ने प्रतिनिधि तोक्न पालिका कमिटीलाई जिम्मेवारी दिने र पालिकाका अधिवेशन सम्पन्न गर्न समन्वय र सहजिकरण गर्न लागि प्रतिनिधि जिल्ला कमिटीलाई तोक्ने जिम्मेवारी दिइएको एमाले सुर्खेतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया