बेवारीसे बम फट्कीदा घाँस काट्न गएका दुई जना घाइते


सुर्खेत । सुर्खेतमा बेवारिसे बम पट्कीदा घाँस काट्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा गुराँश गाउँपालिका–६ जहरे दैलेखका लिला नेपाली र उनका भाई नरेश परियार छन् । उनीहरुको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता माधव श्रेष्ठले जनाए । दुबै जनाको अवस्था सामान्य छ । वीरेन्द्रनगर–७ ईत्रामा बस्दै आएका उनीहरु आज विहान घाँस लिन कट्कुवा सामुदायिक बनमा घाँस काट्न गएका थिए ।


तपाईको प्रतिक्रिया