
आज उनको जन्म दिन । म आमा बनेको र उनि हाम्रो जिन्दगीमा आएको पनि आज ४ बर्ष पुगेछ । जन्म दिनको धेरै धेरै शुभकामना मेरी प्यारी गुडिया । हरेक बाबू आमाको निम्ति आफ्ना सन्तानहरुको जन्मदिन निकै महत्वपूणर् रहन्छन । कीनकी हरेकका सन्तान उनिहरुकै रगत पसिना र भावनाबाट सिर्जिएका अमुल्य उपहार हुन । एउटि आमाकोे निम्ति उसकी छोरी सृष्टिको सबैभन्दा सुन्दरतम उपहार हो ।
सबै छोरिको भाग्यमा बाबू आमा लेखिएको हुन्छ तर थोरै आमाबाबुहरुको भाग्यमा मात्रै छोरी लेखिएको हुन्छ । यस अर्थमा तिम्रोे बाबु आमा हुनपाउनु हाम्रो लागी ठुलै सौभाग्यको कुरा हो । तिम्रो आमा भएकोमा गौरव महशुस गर्छु म आफैसँग । हाम्रो परिवारमा तिम्रो उपस्थिति साँच्चिकै महत्वपूणर् छ, छोरी ।

मेरो लागि सबैभन्दा ठूलो दिन २०७४ कार्तिक ७ मंगलबार थियो । जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो । जतिबेला तिमी हाम्रो घरको सदस्य भएर यस दुनियाँमा आएकी थियौ, त्यो समय मेरा निम्ति निकै कठिन र संघर्ष पूणर् रहेको थीयो । तर तिमीलाई पाएर मैले जुन खुशी पाएको थीए, म शब्दमा बणर्न गर्न सक्दिन । त्यो क्षण, त्यो समय मेरो लागि एक्दम हर्षको अनुभूति र सुखद पल थियो । अरुले छोरा नै पाउछेस भन्दा म ढोका थुनेर कति रुन्थे । कीन थाहा छ मलाई तिमी जस्तै प्यारी छोरी चाहिएको थीयो । छोरा पाएमा ठूलो भोज भतेर गर्ने, शान भएको भान हुँने हाम्रो समाजमा मेरो लागि सन्सारको करोडौं छोरा भन्दा छोरी भन्ने शब्दनै प्यारो लाग्थ्यो ।

त्यस प्रदेश अस्पताल सुर्खेतको अपरेशन थियटर भीत्र डक्टरको साथमा म एकलै गएको थीए तिमीलाई लिन, शल्यक्रिया पछि तिमी आफ्नी ममिको पेट बाट निस्कीदै आफ्ना सुन्दर आँखाले पहिलोपटक यो धर्ती नियाल्दा हाम्रो खुशिको कुनै सिमाना थिएन । हामीले हृदय देखि नै तिम्रो आगमनमा खुशी मनाएका थियौ । म जति खुशी थिए सायद त्यो भन्दा कैयौं गुणा बढि खुशी तिम्रो बाबा हुनुहुन्थ्यो ।

छोरी तिमी सानै देखि सबैकी प्रीय, सन्तोषी, हँसिलि र अत्यन्तै ज्ञानि पनि छौ अनि मीठो बोल्न बरदान नै पाएकी छौ । उमेरले सानै भएपनि ति तिम्रा कुराहरु हरेक कुराहरु बुझ्ने एक परिपक्क ब्यक्तीका जस्ता हुन्छन्, यी कुराहरुले मेरो मन फुरुङ्ङ हुन्छ । तिमी धेरै बेल्ने भएकी छौ । बोल्नु पर्छ, नबोल्ने मान्छेलाई समाजले पनि हेप्छन् । छोरी बोल्ने गर्नु तर अनावश्यक कुराहरु कहिल्यै नबोल्नु ।
माफी चाहाँन्छु छोरी, एउटि आमाको नाताले तिमीलाई जति समय दिनुपर्ने हो त्यति दिन सकीरहेको छैन । एउटै घरमा बसेर एउटै बिस्तारामा सुते पनि कति दिन त हाम्रो भेट तिमी निदाएको बेलामा मात्र हुन्छ । म रेडियोमा काम गर्ने मान्छे, तिमी बिहान ७ बजे सम्म सुत्छेउ, अनि म ६ बजेनै अफीस जान्छु, दिउसो म घर आउदाँ तिमी स्कुल जान्छेउ, अनि साँझ ७ बजेको समाचार साढे ७ मा सकीन्छ म घर आउदाँ ८ बज्छ त्यति बेला सम्म तिमी सुतिसकेकी हुन्छेउ ।

दिनभरको कामको ब्यस्तताबाट जब म साझँ घरमा पुग्दछु, तिमिले मम्मु आउनुभो भनेर हाँस्दै मेरो हात समाउदाँ सबै थकान र तनाब मेटिन्छ । प्यारी छोरी, त्यसैले त हाम्रो परिवारमा तिम्रो उपस्थिति साँच्चिकै महत्वपूणर् छ । म चाहन्छु तिमी जस्तै छोरी सबै बाबुआमाहरुको भाग्यमा आउन ।

छोरी तिमीलाई यी नजरदेखी टाढा कहिल्यै राख्न नपरोस् । जीवनमा ठूलोभन्दा पनि असल व्यक्तिको रूपमा तिमीलाई उभ्याउने हाम्रो प्रयास सधैं रहने छ । हाम्रोमात्र होइन सिंगो देश र आफ्नो ठाउँ, समाजका थुप्रै दुखेका मनहरूको समेत खुसीको कारण बन्न सक्षम हुनू, आशीर्वाद छ तिमीलाई ।
फेरि पनि भन्छु छोरी, जिन्दगीमा ठूलो मान्छे होइन असल मानिस बन्नू, जिन्दगीको बाटोमा आउने हरेक चुनौतीसँग मुस्कुराउदै लड्ने शक्ति मिलोस, तिमीले चालेको प्रत्येक पाईलाले सफलताको शिखर चुम्न सकुन
तिम्री मम्मी को तर्फबाट तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना मेरी प्यारी गुडिया …..!



दर्शन खबर । ७ कार्तिक २०७८, आईतवार