
सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिका वडा नम्वर ६ बाट भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् ।
चारनाल भरुवा बन्दुक सहित बिहिबार गाउँपालिकाको वडा नम्वर ६ सिरिनाका २९ वर्षीय नविन शाही र सोहि स्थानका २२ वर्षीय मनोज शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
कणर्ाली प्रदेश प्रहरी कार्यालयका अनुसार बिहान करिब ११ बजेतिर अस्थाई प्रहरी पोष्ट थलहबाट गएको प्रहरी गस्तीले शिकार खेल्दैगर्दा नबिन शाहीलाई पक्राउ गरेको हो ।
नविनलाई नियन्त्रणमा लिई निजको घरमा खानतलासी गर्दा लुकाई राखेको थप एकनाल भरुवा बन्दुक प्रहरीले फेला पारेको थियो ।
स्थानिय मनोज शाहीको गोठमा र घरपछाडि ओडारमा समेत खानतलासी गर्दा दुईनाल भरुवा बन्दुक सहित मनोज शाहीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।


दर्शन खबर । ४ कार्तिक २०७८, बिहीबार