नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले तत्काल कर्मचारीको तलब बढाउन नसकिने बताएका छन् ।
कर्मचारीले केही दिनदेखि सुविधा बढाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको बेला प्रवन्ध सञ्चालक डा. कनोडियाले यस्तो बताएका हुन । नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. कनोडियाले संस्था घाटामा चलिरहेको बेलामा कर्मचारीको तलब बढाउन नसकिने बताए ।
‘कोभिड र अन्य कारणले दुई वर्षदेखि मेडिकल कलेज घाटामा गइरहेको छ । त्यो पूर्ति गर्नका लागि कम्तीमा दुई वर्ष लाग्छ,’ डा. कनोडियाले भने, ।
नेपालगञ्ज मेडिकल कलेजमा स्थायी, करार र डाक्टर गरी एक हजार चार सय बढी कर्मचारी छन्। कर्मचारीले तलब बृद्धि लगायतका माग राखेर आन्दोलन चर्काइरहेका छन् ।
कर्मचारीको तलब बढाउन नसकिने नेपालगञ्ज मेडिकल कलेजको जिकीर
तपाईको प्रतिक्रिया
दर्शन खबर । ४ कार्तिक २०७८, बिहीबार