कर्णालीमा आएको बाढीले निर्माणाधीन पुलका सामाग्री बगायो

                                                            फाईल फाेटाे

सुर्खेत । कर्णाली नदीमा आएको बाढीले पश्चिम सुर्खेत चिम्ले स्थित सुर्खेत-कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलबारको बाढीले कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बगाएको हो ।
अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीले क्रेन समेत डुबाएको छ ।
बाढीले पुलका सामान बगाएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयले अस्थायी प्रहरीचौकी घाटगाउँबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार शाहीको नेतृत्वमा चार जना प्रहरीलाई क्षतिको विवरण सङ्कलन गर्न घटनास्थल पठाइएको थियो ।
त्यस्तै बाढीको जोखिम बढेपछि नदी किनारमा रहेको दैलेखको रामघाट बजारका २० घर स्थानान्तरण गरिएको छ । प्रदेश प्रहरी कार्यालयले बजारमा कणर्ाली नदी पसेपछि मानवीय र धनमालको क्षति हुन नदिन त्यहाँबाट चार किमी टाढा स्थानान्तरण गरिएको हो ।
त्यस्तै, अविरलको वर्षाले सुर्खेत-जुम्ला सडक (कणर्ाली राजमार्ग) ठाउँ-ठाउँमा अवरुद्ध हुन पुगेको र सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया