बैतडीमा प्रहरी पनि सञ्चार विहीन


बैतडी । बैतडीमा गत सोमबार राति देखि विद्युत् सेवा, एनटिसि फोन सेवा र इन्टरनेट सेवा पूणर् रूपले अवरुद्ध भएको छ । यो सँगै विद्युत् सेवा अवरुद्ध भएपछि बैतडीमा प्रहरी पनि सञ्चार विहीन बन्न पुगेको छ ।
विद्युत् सेवा अवरुद्ध भएसँगै प्रहरीको आफ्नो सञ्चार रेडियो सेट ले काम गर्न छाडेपछि समस्या भएको छ ।
प्रहरी समेत सञ्चार विहीन हुँदा जिल्लामा कहाँ के भइरहेको छ भन्ने विषयमा जानकारी लिनै समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेश बहादुर पालले बताए ।

तपाईको प्रतिक्रिया