बसुलो प्रहार गरि ४२ बर्षिया महिलाकोे हत्या


सल्यान । सल्यानमा धारिलो हतियार बसुलो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ तिमिलेका ४७ बर्षिया कबिराम खड्काले आफ्नै ४२ बर्षिया श्रीमती कली खड्काको धारिलो हतियार बसुलो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । उनले धारिलो हतियार बसुलालेले श्रीमतीको टाउको र घाँटीमा प्रहार गरि हत्या गरेको कार्यालयका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रण लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया