कालिकोटमा बाढीले १३० भेडाबाख्रा बगायो


कालिकोट । तिला कर्णाली नदिमा आएको बाढिले कालीकोटमा १ सय ३० भेडाबाख्रा बगाएको छ ।
गएराती तिलागुफा नगरपालिकाको खल्लागाडमा ३० घर परिवारले पालेका १ सय ३० वटा भेडाबाख्रा बगाएको प्रहरीले जनाएको छ ।
१ सय ७० भेडाबाख्रा बगेकोमा ४० वटा जीवितै उद्धार गरिएको थियो ।
गए राति तिला कर्णाली नदीमा आएको बाढीले नदी छेउमा रहेका भेडाबाख्रा बगाएको हो ।

तपाईको प्रतिक्रिया