
सुर्खेत । वीरेन्द्रनगरमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ ।
काँक्रेबिहार युबा क्लब सुर्खेतको आयोजनामा कात्तिक १० गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको हो । सुर्खेतका ९ वटै पालिकाहरुको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कणर्ालीमा फुटबल संस्कृतिको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चन्द्र प्रकाश शाहीले बताए ।
सुर्खेत जिल्लाका खेलाडिलाई पहिलो प्राथमिकता दिन र क्षमता अभिबृद्वी गर्न मिनि गोल्डकपको रुपमा प्रतियोगिता सुरु गर्न लागीएको आयोजकले जानकारी दिएको छ ।
कात्तिक १० देखि १४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि ७ गतेसम्म टिम दर्ताको समय तोकिएको छ । ६ वटा टोलीले सहभागिता निश्चित गरिसकेको अध्यक्ष शाहीले जानकारी दिए ।
टिम दर्ताका लागि १० हजार रुपैयाँ तोकिएको छ भने प्रतियोगिताभर खाने/बस्ने व्यवस्था टिम आफैंले गर्नुपर्नेछ । प्रतियोगिताका लागि ६ लाख खर्च लाग्ने अनुमान क्लबले गरेको छ ।


दर्शन खबर । ३ कार्तिक २०७८, बुधबार