
बर्दिया । आइतबारदेखि परेको अविरल बर्षाका कारण कर्णाली नदीले खतराको तह पार गर्दा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा दर्जनौ बस्ती डुवानमा परेका छन् । बाढीका कारण रजापुर र गेरुवामा गरेर १ हजार बढी परिवार विस्थापीत भएका छन् ।
१ हजार बढी परिवारका ५ हजार बढी स्थानीय विस्थापीत भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो । राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुवानमा परेको छ ।
गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुवानमा परेको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले स्थानियको उद्धार गरेका छन् ।
कणर्ाली नदी बस्तीमा पस्ता मानविय क्षेती भने नभएको तर घर तथा अन्नबाली भने पुणर्रुपमा नष्ट भएको छ । सुरक्षित स्थानमा सारिएका पिडितहरुलाई स्थानीय तहले व्यवस्थापन गरिररहेका छन् । अहिले थप उद्दार र राहतका लागि जिल्ला प्रशासन, रेडक्रस, सुरक्षाकर्मी सहितको टोली राजापुर तर्फ गएको छ ।
कणर्ाली नदीको पानी अहिले भने घट्दो क्रममा रहेको छ । खतराको तह ११.७० मीटर रहेको जनाइएको छ । पानीको बहाब घट्दो क्रममा रहे पनि जोखीम भने कयमै रहेकाले नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने र माछा मार्ने जस्ता गतिविधि नगर्नसमेत जिल्ला प्रशासनले अनुरोध गरेको छ ।


दर्शन खबर । ३ कार्तिक २०७८, बुधबार