
सुर्खेत । कर्णाली प्रदेश अस्पताल कालागाउँले नीजि क्लिनिकमा चेकजाँच गर्ने डाक्टकहरुलाई कडाइ गर्न शुरु गर्ने भएको छ । अस्पतालले दैनिक विहान ७ बजेदेखी चेकजाँच शुरु गर्ने उदेश्यले कार्तिक १ गतेदेखी नयाँ सेवा सुचारु गर्न लागेको हो ।
अस्पतालमा आउने सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्ने उदेश्यले अस्पतालले कार्तिक १ गतेदेखी सबै खाले उपचार सेवा शुरु गर्न लागेको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए । ‘सररकारी अस्पतालका डाक्टरहरु नीजि क्लिनिकमा उपचार गर्न जान्छन् भन्ने भ्रम अन्त्य गर्न विहानैदेखी सेवा सुचारु गर्न लागेका छौं,’ खड्काले भने, ‘विहान ७ बजेदेखी विहान ९ बजेसम्म विशेषज्ञ डाक्टरहरुबाट प्रदान हुने सेवाहरु शुरु गर्न लागेका छौं ।
सुर्खेत जिल्लाका बाहिरबाट आउनुहुने नागरिकहरुलाई सोही दिन वा पछिल्लो दिनसम्म सेवा प्रदान गरिसक्ने उदेश्यले विशेष सेवा लागु गर्दैछौं ।’ उनकाअनुसार नीजि क्लिनिकभन्दा सस्तो चार सय रुपैयामा शेवा शुल्क तोकेर सोही दिन वा भोलिपल्टसम्म क्याविनमा ५० प्रतिशत शुल्क छुटमा अप्रेसन सेवा दिने लक्ष्य छ । बाह्य जिल्लाबाट आउने सेवाग्राहीलाई सोही दिन वा क्याविनमा बस्नु परेमा ५० प्रतिशत छुट दिएर दोस्रो दिनमा शल्यक्रिया गर्नेगरी व्यवस्था मिलाईएको प्रा.डा. खड्काको भनाइ छ । नेपाली रैबार


दर्शन खबर । ३१ आश्विन २०७८, आईतवार