दशैँमा टीकाकाे उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

सुर्खेत । नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ ।समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ ।

बिहीबार महानवमी पर्व मनाइन्छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत छ ।


तपाईको प्रतिक्रिया