मुगु बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३२ पुग्यो, ११ जनाको उपचार चल्दै ।।


सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका-७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको हो ।
ज्यान गुमाउनेमा २२ जना पुरुष र १० जना महिला छन् । घाइते भएकाहरूलाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्जका अस्पतालमा पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । अहिले ११ जनाको उपचार चलिरहेको उहाँले बताउनुभयो ।
हिजोनै मृतकलाई अस्पतालसम्म लैजान समस्या रहेकाले आज विहानसम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बस भीरबाट निकै तल खसेको थियो ।


तपाईको प्रतिक्रिया