लेकवेशीमा सरोकारवाला विच अन्तरक्रिया


सुर्खेत ।
लेकवेशी नगरपालिका सुर्खेतमा स्वास्थ्य, शिक्षा, खाद्य र आवस सम्बन्धि सरोकारवालाहरुविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार इन्सेक कर्णाली प्रदेश सुर्खेतको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
शनिवार सम्पन्न अतरक्रिया कार्यक्रममा उपस्थित श्री जीवनज्याति नमूना मा.वि. दशरथपुरका प्रधानाध्यापक तीर्थ प्रसाद पौडेलले राज्यले प्रयाप्त मात्रामा भौतीक संरचना तथा विषयगत शिक्षकहरुको व्यवस्थापन गर्न नसक्नाले एउटै कोठामा ८०/९० जना विद्यार्थीहरुलाई पढाउनु पर्ने बाध्यता रहेको बताए ।
यस्तै कार्यक्रममा सहभागी लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाका महेश गिरीले बजार अनुगमन गर्दा लेकवेशीको नजिकको बजार भनेको वीरेन्द्रनगर रहेको र त्यहाँका व्यापारीहरुले म्याद नाग्न आटेका खाद्यबस्तुहरु यस क्षेत्रमा सप्लाई गर्ने गरेको पाइदा यस क्षेत्रका जनताहरुको स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर गर्ने भन्दै यस विषमा सबैको ध्यान जान जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै लेकवेशी नगरपालिकाको नगर प्रमुख गगनसिं सुनारले राज्यले दिने विभिन्न प्रकारका छात्रावत्तीहरुलाई कटौती गरेर शिक्षाको गुणस्तर बढाउनकोलागि भौतीक संरचना तथा विषयगत शिक्षकको परिपक्कतामा लगानी गर्न सकेमा मात्रै जनताले स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकार पाउने बताए ।
शनिबार सम्पन्न कार्यक्रमको सहजिकरण मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक कमल प्रसाद लम्सालले गरेका थिए भने कार्यक्रममा इन्सेक कर्णाली प्रदेशका प्रतिनिधि विन्दुलाल रेग्मी, समाज जागरण केन्द्र स्याकनेपालका प्रतिनिधि नेत्र थापा, विभिन्न वडाका जनप्रतिनिधिहरु, शिक्षक÷विद्यार्थीहरु, कर्मचारीहरु तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।