नवजनशक्तिको प्रथम वार्षिक साधारणसभा सम्पन्न


सुर्खेत ।
लेकवेशी नगरपालिका वडा नम्बर–४ दशरथपुरमा रहेको श्री नवजनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
दशरथपुरमा रहेका तीन वटा सहकारी संस्थाहरु जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि., शक्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. र नवउद्यमशिल बचत तथा ऋण सहकारी संस्था लि. एकिकृत भएर नयाँ बनेको श्री नवजनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. ले शनिबार लेकवेशीमा एक कार्यक्रमको आयोजना गरेर संस्था एकिकरणपछिको प्रथम साधारण सभा सम्पन्न गरेको हो ।
सम्पन्न सभामा पेश गरिएको वार्षिक प्रतिवेदन अनुसार संस्थाले एक वर्षको अवधिमा संस्थाले करिव १३ करोड ८१ लाख बराबरको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रदिवेदनमा उल्लेख भएको सो रकम मध्ये १ करोड ३२ लाख शेयर रकम रहेको छ भने संस्थाले २८ लाख ५४ हजार मुनाफा गरेको छ ।
शनिबार सम्पन्न सभामा स्थानीय उमेश पौडेल, तीथ प्रसाद पौडेल, संस्थाका व्यवस्थापन समिति अध्यक्ष मुक्ति प्रसाद तिवारी, सचिव प्रेमलाल चपाई, व्यवस्थापन समिति पदाधिकारीहरु, कर्मचारीहरु लगाएतको उपस्थिति रहेको संस्थाका व्यवस्थापक भुवन कुमार ज्ञवालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया