
सुर्खेत । सिम्तामा कृषकले भित्र्याउने बेलाका धान र मकैबाली बँदेलले नोक्सानी पुर्यापछि कृषकलाई हैरानी भएको छ । सिम्ता गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ८ र ९ का कृषकहरुले भित्र्याउने बेलाको धानबाली बँदेलले सखाप पारेको छ ।
स्थानीय वनबाट आउने बँदेलको बथानले धान र मकैमा क्षती पुर्याएको स्थानीय सिम्ता गाउँपालिका वडा नम्वर ५ वडा अध्यक्ष मोहन विसिले जानकारीे दिए । दिउँसै २० देखी २५ ओटाको संख्यामा बँदेलले बारीमा आएर क्षती पुर्याउने गरेको उनले बताए । ठूलो संख्यामा आउँने बँदेलको बथानले हिडेर समेत उत्तिकै नष्ट गर्दा चिन्तित बनाएका कृषक मनराज शर्माले बताए ।
बँदेल भगाउने अन्य उपाय नहुँदा कृषकले हैरानी व्यहोर्नु परिरहेको उनको भनाई छ । सिम्ताको सुन्तला, काफलकोट, आग्रीगाउँ र नाडका कृषकहरुलाई बँदेलले सास्ती दिने गरेको छ ।


दर्शन खबर । २३ आश्विन २०७८, शनिबार