पिपलचौतारामा ४५ लाखको लागतमा द केक हाउस संचालन


सुर्खेत । करीब ४५ लाखको लगानीमा वीरेन्द्रनगरमा केक हाउस संचालनमा ल्याईएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ पिपिलचौतारा नजीक युवा व्यवसायी आँचल दत्त, शुष्मा भण्डारी र बिमला केसिले द केक हाउस संचालनमा ल्याएका हुन् ।
केक हाउसमा बर्थदे केक, केक पेस्टिज, कुकीज र विभिन्न आईटमका चक्लेटहरुका साथै भेजीटेरीयन र सुग फ्री आईटमहरु पाईने संचालक आँचल दत्तले जानकारी दिईन् । शुक्रबार केक हाउसको उद्घाटन गर्दै सुर्खेत उद्योग वाणीज्य संघका अध्यक्ष धन बहादुर रावतले संचालकहरुलाई व्यवसायीक सफलताको शुभकामना व्यक्त गरे । अध्यक्ष रावतले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मानिसको चहलपहल बढी हुने भएको कारणले पनी केक हाउस ग्राहकहरुको रोजाईमा पर्ने बताए ।


सुर्खेतमा महिलाहरुका लागी बाहिर बसेर खाजा खाने वातावरण नभएको अवस्थामा महिलाहरुले नै मेहिलाहरुका लागी सहज होस् भन्ने लक्ष्यका साथ केक हाउसको सुरुवात गरिएको संचालक दत्तले जानकारी दिईन् । केक हाउस शिक्षीत र बेरोजगार दिदिबहिनीहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्यले स्थापना गरिएको हो ।


तपाईको प्रतिक्रिया