दैलेख । १५ शैय्याको दैलेख अस्पताललाइ ५० शैय्याको अस्पताल बनाईने भएको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार अस्पताल भवन शिलान्यास गरेका छन् ।
प्रदेश सरकारको ३७ करोड रुपैयाँबाट ५० बेडको जिल्ला अस्पताल बनाउन लागिएको हो । ३५ महिनाभित्र निर्माण सम्पन्न हुने गरेर प्रेरणा–क्याराचान–सुपरफास्ट जेभी काठमाडौंले लिएको छ । मन्त्री बुढाक्षेत्रीले जनशक्तिका साथै स्वास्थ्यका भौतिक पूर्वाधार निर्माणमा पनि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले चालू आर्थिक वर्षबाटै दैलेखसहित सल्यान, रुकुम पश्चिम, जाजरकोट र डोल्पामा ५० शैय्याको भवन निर्माणको काम सुरु गरिएको बताए ।
सङ्घीय सरकारले कुल ३७ करोड रुपियाँको लागतमा अस्पतालको टे न्डर आह्वान गरेपनि प्रेरा क्याराभान सुपर स्टार जेभीले २२ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ ।
दैलेखमा ५० शैय्याको अस्पताल शिलन्यास
तपाईको प्रतिक्रिया
दर्शन खबर । २२ आश्विन २०७८, शुक्रबार