वीरेन्द्रनगरमा वेसमार्ककाे शोरुम खुल्यो


सुर्खेत । वीरेन्द्रनगरमा हङकङको विश्व विख्यात ब्राण्ड वेसमार्कको शोरुम सुर्खेतको वीरेन्द्रनगरमा खुलेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ को वीरेन्द्रचोक नजिक खोलिएको शोरुमको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनवहादुर रावतले एक समारोहका वीच बिहिवार उद्घाटन गरेका हुन् ।
व्यापारी धुर्व शर्माले संचालमा ल्याएको आउटलेटको उद्धाटन गर्दै रावतले अन्य व्यवसाय जस्तै सुर्खेतको वजारमा यो नयाँ ब्राण्डले सफलता हात पार्ने विश्वास व्यक्त गरे ।
सुर्खेतमा खाद्य सम्वन्धी थोक व्यवसाय गर्दै आएका शर्माले केही दिन अघि वाँकेको नेपालगंजमा समेत यहि ब्राण्डको आउटलेट खोली सकेका छ् । लेडिजका लागि वेसमार्कका आईटमहरु मात्रै उपलब्ध हुने यो आउटलेटवाट महिलाहरुका लागि सवै प्रकारका सामाानहरु उपलब्ध हुनेछ । हङकङको ट्रेण्डमार्क भएपनि चाईनामा उत्पादन भै सोझै सामान नेपाल आउने र वितरकवाट सिधै शोरुम आई विक्री वितरण हुने भएकोले सामानहरुको मुल्य एकदम सस्तो पर्ने संचालक शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया