२२ करोड लागतमा बनेको कर्णाली मलको उद्घाटन


सुर्खेत । करिब २२ करोड लागतमा निर्माण गरीएको कर्णाली मल प्रालिको औपचारिकरुपमा उद्घाटन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर स्थित नेतन चोकमा रहेको मलको विहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका गरेका हुन् । उद्घाटनमा मुख्यमन्त्री शाहीले सुर्खेत प्रदेश राजधानी भएसँगै औद्योगिक तथा व्यापारिक वातावरणले व्यापारिक क्षेत्रमा दिनप्रतिदिन लगानी आउने क्रम जारी रहेको बताए । उनले प्रदेशमा पूर्वाधार विकाससँगै आम नागरिकको जीवनस्तर माथि उकस्न लागेकाले रोजगारीमा समेत बृद्धि भईरहेको जनाए । उनका अनुसार प्रदेश सरकार समृद्धिका लागि नीजि क्षेत्रसँग हातेमालो गरेर अगाडी बढ्न तयार छ । मलमा गोश्वरी, भाडाकुडा, लत्ता कपडासँगै भेराइटी, खेलौना, इलेक्ट्रोनिक सामग्रीहरु एकैठाउँबाट विक्री वितरण भईरहेका छन् । मलका प्रबन्ध निर्देशक सुशील शर्माले गत वर्ष कार्तिक १५ गतेबाट सञ्चालनमा ल्याईएको भएपनि कोरोना महामारीका कारणले औपचारिकरुपले विहीबारदेखि मात्र शुरु भएको जनाए । उनले मलमा हाल ५० जना महिला तथा पुरुषले प्रत्यक्ष रोजगारी पाईरहेको बताए । उनका अनुसार बजारमा पाईने वस्तु तथा सेवा भन्दा कर्णाली मलमा तुलनात्मकरुपले सस्तो रहेको छ ।

 

तपाईको प्रतिक्रिया