गणेशचौकमा नवरात्र महोत्शव गरिदैँ, कालिका मन्दिरबाट कलश यात्रा


सुर्खेत । बैदीक सनातन धर्म सेवा समितीले भोली बिहिवार देखी नवरात्रभरी सरदिय नवरात्र महोत्शवको आयोजना गरेको छ । धार्मिक संघ संस्था र मठ मन्दीर व्यवस्थापन समितीको समन्वय तथा हिमालन शिद्ध महायोगको सहकार्यमा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ गणेचौकमा महोत्शव गर्न लागीएको मुल आयोजक समितीले जानकारी दिएको छ ।
बैदीक सनातन धर्म हाम्रो र मौलीक परम्पराको संरक्षण तथा संर्वद्धन गर्नका लागी महोत्शवको आयोजना गरिएको हो ।
नवरात्र महोत्सव अवधीभर हरेक दिन योग, ध्यान, साधना, नृत्य, पुजा, अर्चना, सप्त, सतीपाठ , रामचित्र मानस नवा पाठ, प्रवचन, लगाएत भजन कृतन गरिने महोत्सव मुल आयोजक समितीले जनाएको छ ।   घटस्थापनाको दिन भाेलि विहान ७ बजे कालिका मन्दिर चिसापानी बाट कलसयात्रा सुरूगरि गणेश मन्दिर गणेश चौकमा पुगि कार्यक्रमकाे  उद्घाटन हुनेछ ।

तपाईको प्रतिक्रिया