जामुने बजारका धेरैजसो पसलमा छैन मूल्यसूची


सिम्ता । जामुने बजारका अधिकांस किराना तथा खाद्य पसलमा मूल्यसूची नराखेको पाईएको छ । संयुक्त बजार अनुगमन टोलीले बुधबार सिम्ताको जामुने बजारमा गरेको अनुगमनमा अधिकांस पसलमा मूल्यसूची नराखेको पाईएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछाने नेतृत्वको टोलीले अनुगमन अनुगमन गर्दा तीन वटा पसल बाहेक बाँकी कुनैपनि पसलले मूल्यसूची नराखेको पाईएको हो ।
अनुगमनका क्रममा म्याद नाघेका तथा लेबल कैफियत भएका विभिन्न कम्पनीद्वारा उत्पादित करिब ३० मूल्यका हल्का पेय पदार्थ, नरिवल लड्डु, बेसन, सुजी, दालमोट, कुरकुरे स्न्याक्स, केक, मशला, चिप्स, चिउरालगायत सामाग्री जफत गरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।
उनले अनुगमन गरिएको सबै पसल अब पसललाई अबको एक हप्ता भित्र मूल्यसूची राख्न, लेबल हेरेर खरिद विक्री गर्न, खाद्य र अखाद्य वस्तु अलग—अलग राख्न निर्देशन दिएको बताए ।
सिम्ता गाउँपालिकाका प्रशासकीय अधिकृत टोपबहादुर रानाले पटक—पटकको अनुगमनबाट पहिलो भन्दा बजार सुधारोन्मुख रहेपनि अझै उपभोक्ता सचेतना जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको बताए । उनले गाउँपालिका स्तरीय चाडपर्व लक्षित बजार अनुगमनलाई समेत तीव्रता दिईने जनाए ।


तपाईको प्रतिक्रिया