
सुर्खेत । पिपुल्स भोलेन्टीयर र युवा संघ नेपाल सुर्खेतले देउती बज्यै मन्दीर परिसर सरसफाई गरेको छ । महिनामा दुई दिन दुई घण्टा मेरो राष्ट्रका लागी भन्ने राष्ट्रीय अभियान अन्र्तगत पिपुल्स भोलेन्टीयर र युवा संघको आयोजनामा सरसफाई कार्यक्रम गरिएको युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पिपुल्स भोलेन्टीयर कर्णाली प्रदेशका संयोजक खडक थापाले जानकारी दिए । बुधवार भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टी नेपाल सुर्खेतका अध्यक्ष मोहन बडुवाल, जिल्ला सचिव शिव प्रशाद उपाध्याय, युवासंघ नेपालका केन्द्रीय सचिव जंग बहादुर राना लगाएत पिपुल्स भोलेन्टीयर र युवा संघ लगाएत युवाहरुको सहभागिता रहको थियो ।



दर्शन खबर । २० आश्विन २०७८, बुधबार