सुर्खेतमा बुद्ध एयर अवतरण हुन सकेन


सुर्खेत । मौसम खराबीका कारण बुद्ध एयरको विमान सुर्खेतको आकासमा ल्याण्ड हुन नसक्दा नेपालगञ्ज फिर्ता भएको छ ।
काठमाडौंबाट सुर्खेत आएको वुद्ध एयर सुर्खेत विमानस्थलमा अवतरण हुन नसक्दा आकासमा करीब १५ मिनेट फान्को मारेर नेपालगञ्ज विमानस्थल फकाईएको हो ।
बुधबार विहान सवा ९ बजेतिर सुर्खेत विमानस्थलमा ल्याण्ड हुने क्षेत्र काँक्रेविहारतर्फको मौसम नखुल्दा केही समय जहाज आकाशमा होल्ड भएको विमानस्थलका वरिष्ठ अधिकृत धुव्र पाण्डेले जानकारी दिए । ‘विमानमा अरु कुनै समस्या नदेखीएको र काँक्रेविहार क्षेत्रमा देखिएको कुहिरोकै कारण ल्याण्ड हुन नसकेको उनले बताए ।
मौसम खुल्ने वित्तिकै नेपालगञ्जबाट विमान पुनः सुर्खेत विमानस्थलमा ल्याण्ड हुने विमानस्थलले जनाएको छ ।


तपाईको प्रतिक्रिया