हुम्लामा दशैँ तिहार लक्षित बजार अनुगमन


हुम्ला । चाडपर्व नजिकिए संगै खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना भएको गुनासो बढेपछी जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले चाडपर्वमा बढी सामानको माग र खपत हुने भएको हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्नेजस्ता समस्या नहोस् भन्ने उदेश्यका साथ अनुगमनलाई तीव्रता दिएको हो
भदौ ११ गते मात्रै बजार अनुगमन गरिएता पनि यो वर्षको दशैँ तिहारको चाड पर्वलाई लक्षित गरि मंगलबार पुनः अनुगमन गरिएको बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी दसरथ राइले जानकारी दिए । ।
अनुगमनमा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सिमकोट गाउँपालिका, घरेलु उद्योग तथा हितसंरक्षण कार्यालय, उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ हुम्लाको समेत सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया