किशोर-किशोरीका लागी युवा शसक्तिकरण परियोजना लागु


सुर्खेत । वीरेन्द्रनगरमा किशोर-किशोरीका लागी युवा शसक्तिकरण परियोजना लागू भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले उक्त परियोजना सञ्चालन गरेको हो । मंगलबार वीरेन्द्रनगरमा सरोकारवालाहरुबीच परियोजनाको परिचयात्मक तथा सुरुवाती बैठक गरिएको छ । बैठकले वीरेन्द्रनगरको शिव माध्यमिक विद्यालय लाटीकोइली, श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राम, जनसेवा माध्यमिक विद्यालय घुस्रा र अम्मरज्योति माध्यमिक विद्यालय नेवारेमा परियोजना लागू गर्ने निणर्य पनि गरेको छ । परियोजनाले बनाएका मापदण्ड अनुसार ती विद्यालयहरु छनौटमा परेका हुन् । परियोजना लागू भएपछि विपन्न समुदाय र फरक क्षमता भएका बालबालिकाको अध्ययन/अध्यापन र आयआयर्जनमा सहयोग पुग्ने वीरेन्द्रनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख ललित बिक्रम सिंहले जानकारी दिए । यि विद्यालयमा अध्ययन बालबालिकासहित वीरेन्द्रनगर र बराहताका किशोर-किशोरीहरुलाई आर्थिक आयआर्जनमा जोड्न परियोजनाको लक्ष्य रहेको लागेको परियोजना संयोजक तेज सोनामले जानकारी दिए । विद्यालय छोडेका, फरक क्षमताका बालबालिका र विपन्न समुदायका १३ देखि २४ बर्ष उमेर समूहका युवापीढिलाई आयआर्जनमा जोड्ने अपेक्षा परियोजनाले लिएको छ ।
युवापुस्तालाई प्राविधिक तथा व्यावसायिक तालिम, क्षमता अभिबृद्धि, अपाङ्गता भएका रहेका बालबालिकाहरुको आवश्यकता अनुसारको सहयोग, स्वास्थ्य संस्थामा प्रजन्न स्वास्थ्यसँग सम्बन्धित सहयोग र केही विपन्न परिवारमा शैचालय निर्माणमा समेत परियोजनाले सहयोग गर्ने छ । युवाहरुको क्षमता अभिबृद्धिका लागि युवा क्लव गठन तथा व्यक्तिगत विकास, किशोर किशोरीको यौन तथा प्रजन्न स्वास्थ्य, सरफाई सम्बन्धी दौतरी शिक्षा, परियोजनाबाट लाभाम्वित बालबालिकाका अभिभावकहरुलाई जीवन उपयोगी सिप लगायतका क्षेत्रमा परियोजनाले सहयोग गर्ने सेभद चिड्रेनका कार्यक्रम व्यवस्थापक रत्नराज ओझाले जानकारी दिए । मंगलबार आयोजित परिचयात्मक कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले परियोजना र पालिकाका उधेश्य मिल्ने देखिएकाले साझेदारी गरेर अगाडी बढ्ने बताए । त्यस्तै अपाङ महासंघ कणर्ाली प्रदेशका अध्यक्ष विष्णु शर्माले फरक क्षमता भएका व्यक्तिको आवश्यकता र आर्थिक अवस्थालाई हेरेर परियोजनामा समेट्न सुझाव दिए । सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष भद्र भण्डारीले शिपमूलक तालिम मात्रै नभई व्यावहारिक लागू गर्नेगरी कार्यक्रम लागू गर्न सुझाव दिए । तालिम लिएका किशोर-किशोरीलाई निजी क्षेत्र रोजगार दिन तयार रहेको भण्डारीले बताए । समाज जागरण केन्द्र स्याक नेपालका कार्य समिति सदस्य नवराज खड्काले परियोजना लागू भएपछि आर्थिक विपन्न बर्गका बालबालिका र किशोर-किशोरीलाई ठूलो राहत पुग्ने बताउँदै सरोकारवालाहरुका सुझाव बमोजिम अघि बढ्ने प्रतिबदता व्यक्त गरे ।


तपाईको प्रतिक्रिया