भुषाल सप्लार्यबाट कर छली गरेको सुर्ती बरामद


सुर्खेत । कर छलेको समान विक्रि गरिरहेको गोप्य सूचनाका आधारमा भुषाल अर्डर एण्ड सप्लायर्समा कर कार्यालयले छापा हानेको छ । वीरेन्द्रनगर ६ शनिहल लाइनमा रहेको उक्त सप्लार्यले कर छलेको समान विक्रि गरिरहेको गोप्य सूचना पाएपछी आन्तरीक राजश्व कार्यालय सुर्खेतल मंगलबार साँझ छापा हानेको थियो । कार्यालयले कर छलेर ल्याएको २६१ प्याकेट झुम्का सुपर पावर सूर्ति, १४८ प्याकेट बल्ब छाप भएको सुर्ती पनि बरामद गरिएको आन्तरिक राजश्व कार्यालय सुर्खेतले जनाएको छ ।
दोस्रो चरणको लकडाउनका समयमा पनी सप्लायर्सले अवैध सुर्ती विक्री गरेको भटीएको थियो ।
अवैध बाटोबाट सुर्खेत भित्र्याइएको र कर छलेको भेटिएको सुर्तीजन्य सामान भेटिएको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले जानकारी दिए । ‘विशेष सूचनाका आधारमा हामीले सप्लायर्समा छापा हान्दा राजश्वको स्टिकर नटाँसिएको सामानहरु भेटिएको र सामान नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाहीका लागि प्रक्रिया अघि बढाउने खत्रीले जनाकारी दिए ।
सप्लायर्सबाट बरामद गरिएका सामान बारे अनुसन्धान गर्ने र सञ्चालक लक्ष्मीप्रसाद भुषाललाइ आज (बुधबार) थप छानविनका लागि उपस्थित हुन निर्देशन कर अधिकृत खत्रीले जानकारी दिए ।
सोही पसलमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत छापा हानेको थियो । कार्यालयले ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरेको गरेको थियो ।


तपाईको प्रतिक्रिया