बर्षाका कारण कृषकलाई खाद्यन्न संकट हुने चिन्ता

हुम्ला । हिमाली जिल्ला हुम्लामा बर्षाका कारण कृषकलाई खाद्यन्न संकट हुने चिन्ता बढेको छ । असोज महिना लागे देखी दैनिक राती बर्षा हुन थाले पछि खाद्यान्न संकट हुने अबस्था देखिएको अलानचुली गाउँपालीका वडा नम्बर २ का गोरख बुढाले बताए । उनले भने”असोज पहिलो हप्ता देखी निरन्तर राति बर्षा हुने र दिनमा चर्काे घाम लागेका कारण खेत बारीमा लगाईएको कार्तिके बाली धान,मकै,कोदो,सिमी,मास,भट्ट खेतबारीमै कुहिएर उम्रिन थाले पछि यस बर्ष पनि खाद्यन्न अभाव हुने देखिन्छ” ।

यस ठाउँका कृषकहरुले जेठ असारमा लगाएको कार्तिके बाली अहिले राम्रो संग फक्राएको बेला बर्षा हुँदा बोटमै उम्रिएर खेर गएको छ । जेठ असारमा खडेरीका कारण बढ्न नपाएको बाली साउनमा बर्षा हुँदा हर्लक्कै बढेको थियो तर अहिले सम्म निरन्तर बर्षा भईरहदा खेतबारीको बाली चौपायाबस्तुले समेत नखाने गरी बिग्रीएको बताए ।

यस्तै अदानचुली गाउँपालीका वडा नम्बर ४ का कृषक गोपाल जैसीले पनी यस ठाउँमा बर्षा भईरहदा बर्ष भरी खाने अन्न बाली नभए पछि खाद्यान्न संकट हुने बताउनु भयो । आफ्नो ठाउँमा काेदो,धान,मकै,बदाम हुने हो,त्यही पनि बर्षाले खेतमै सखाप पारेपछि बर्ष भरी के खाने भनेर चिन्तामा रहेको बताउनुभयो । उहाले भन्नुभयो,साउनको महिनामा पानी परेर यसपाली राम्रो उब्जनी हुने भयो भनेर पहिला ढुक्क भएर बिकाशको काममा लाग्यौ अहिले एकै चोटी खेतमा जादा त बाली सखाप भएको बताए । गत सालमा सिमी बेचर बजारको चामल किनेर दिन गुजारा गथ्यौ तर यो बर्ष अन्नबालीनै नफले पछि के खुवाएर जहान पाल्ने चिन्तामा रहेको बताए ।

हुम्ला जिल्लाका सात गाउँपालीका मध्य दछिणी क्षेत्रमा रहेका २ गाउँपालीकाका कृषकहरुलाई बर्षाले बढी समस्या पारेको छ । यी २ गाउँपालीकामा भण्डै ६ हजार जति मानिसहरु बसोवास गर्ने गर्दछन ति सबै मध्य करिव ४५ प्रतिशतलाई बढी मार परेको छ । अब यस ठाउँका स्थानीयहरुका लागि हरेक गाउँपालीकाले योजनाहरुमा कामदारको रुपमा प्रयोग गरेर राजगारीको सिर्जना गरे राम्रो हुन्थ्यो । यी गाउँपालीहरुमा यस बर्ष अन्न बाली त्यति राम्रो नभए पछि सहयोगका लागि प्रदेश र संघमा माग गरिदिन हुन स्थानियहरुले अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया