कर्णालीका मुख्यमन्त्री शाही र बेलायती राजदूतबीच भेटवार्ता


सुर्खेत । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही सँग बेलायती प्रधानमन्त्रीका विशेष राजदुत हेलेन ग्रान्टबीच आज भेटवार्ता भएको छ । सोमबार कणर्ाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा मुख्य मन्त्री शाही सँग हेलेनको भेटवार्ता भएको हो ।
उक्त भेटवार्ताका क्रममा बालबालिका शिक्षा, महिला सशक्तिकरण र कणर्ाली प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।
भेटवार्तामा एफसिडिओका दक्षिण एशिया बालिका शिक्षा सल्लाहकार इयान एटफील्ड बेलायती दुतावासका विकास निर्देशक नथानेल बेभेन, बेलायती दुतावास अन्तर्गत रहेको सुसंगतता एकाई, कर्णाली र सुदुरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया