पूर्वयुवराज पारस शाहको निवासमा चोरी गर्ने एक जना पक्राउ

                                                                       फाईल फाेटाे

काठमाडौँ । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । काठमाडौँको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।
शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौँ ल्याएको खुलेको छ । काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया