कर्णाली चौथो अधिवेशन जेठ १० गते

सुर्खेत । कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ । वैशाख २४ गतेको मन्त्रिपरिषद् बैठकले वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई सिफारिस गरेको थियो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेशप्रमुख खनालले जेठ १० गते शुक्रबार दिउँसो तीन बजेका लागि बैठक डाकेका छन् ।
कर्णाली प्रदेशसभाको यो चौथो अधिवेशन हो ।
बजेट अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट र केही विधेयक प्रस्तुत गर्ने कार्यतालिका छ ।


तपाईको प्रतिक्रिया