काठमाण्डौँ । शनिबार देखि तीन दिन अर्थात् सोमबारसम्म देशभर मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार बिहान ६ बजे महाशाखाद्वारा प्रकाशित बुटेलिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना देखिएको छ। यो क्रम राति पनि जारी रहनेछ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो स्थानीय र पश्चिमी वायुको प्रभाव हो । भोलि आइतबारदेखि यो अझ सक्रिय हुने उनको अनुमान छ ।
‘दिउँसोपछि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने देखिएको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘त्यस्तो डराउनैपर्ने खालको त होइन, प्रि–मनसुनमा आउने किसिमको हावाहुरी र वर्षा हो।’
महाशाखाद्वारा प्रकाशित बुलेटिन
जारी मिति वैशाख २८ गते (शनिबार)स् बिहान ६ ०० बजे
वैशाख २८ गते शनिबार
दिउँसोस् देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ ।
रातिस् देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
वैशाख २९ गते
दिउँसोस् देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।
रातिस्देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।
वैशाख ३० गते
दिउँसोस् देशभरि आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ ।
रातिस् देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ । नेपाल खवर


दर्शन खबर । २८ बैशाख २०७६, शनिबार