सल्यान । त्रिवेणी गाउँपालिकाले जिल्लामै पहिलो पटक नगर प्रहरी राखेको छ । गाउँपालिकाले पहिलो चरणमा तीन जनालाई नगर प्रहरीमा नियुक्त गरेको हो ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार पहिलो चरणमा तीन जनालाई नगर प्रहरीमा नियुक्त गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
१५ दिनको आधारभुत तालिम पश्चात नगर प्रहरी नियुक्त गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए ।
नियुक्त भएका कर्मचारीहरुलाई इलाका प्रहरी कार्यालय लुहामले सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको थियो ।
गाउँपालिकाको सुरक्षा, विपद् व्यवस्थापन, न्यायिक समितिको कामकाज तथा भैपरी आयने सम्पुर्ण काममा उनीहरुर्लाइ खटाइने अध्यक्ष डाँगीले बताए ।
जुनसुकै समयमा पनि खटिनु पर्ने भन्दै उनीहरुलाई गाउँपालिका कार्यालयमै आवासको व्यवस्था गरिएको छ ।
उनीहरुको मासिक तलव १३ हजार तोकिएको छ ।
रासन भत्ता स्वरुप उनीहरुले मासिक ४ हजार पाउने र गाउँपालिकाले निर्धारण गरेको एक जोर पोशाक पनि पाउने उपाध्यक्ष करुणा खड्काले बताइन ।


दर्शन खबर । २७ बैशाख २०७६, शुक्रबार