सल्यान । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडामा आगलागी हुदाँ ८ घर जलेर नस्ट भएका छन ।
इन्द्रेणी सामुदायिक बनमा लागेको आगो गाउँमा पसेपछि उक्त घर जलेर नस्ट भएका हुन ।
बिहिबार बेलुका देखि लागेको आगो शुक्रबार दिउँसो २ बजे गाउँमा पसेपछी घर जलेर नस्ट भएको सामुदायिक बनका अध्यक्ष राम बहादुर बुढाथोकीले बताए ।
आगलागी बाट मानबिय क्षती नभयतापनि खाद्यान्न तथा लत्ता कपडा जलेर नस्ट भएका छन भने आगो अहिले पनि नियन्त्रणमा आएको छैन ।
स्थानीय हरु घर छोडेर सुरक्षित गन्तव्यमा लागेका छन भने केहि स्थानीयहरु आगो निभाउन लागेतापनी हावा ठूलो लागेका कारन निभाउन कठिनाई भएको छ ।
आगो निभाउन उक्त स्थानमा सबुज गन सिमखर्क बाट नेपाली सेनाको टोलि ,नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि पुग्दै गरेको शसस्त्र प्रहरी सल्यानका डिएसपि बिमल डाङीले बताए ।


दर्शन खबर । २७ बैशाख २०७६, शुक्रबार